प्युठान, प्युठान नगरपालिका ४ जुम्री देखि बाग्दुला तर्फ जाँदै गरेको लु १ ज ३७४० नम्बरको फोर्स जीप र बाग्दुला देखि जुम्री तर्फ आउँदै गरेकोलु ७६ प ५७०४ नम्बरको मोटरसाइकल शुक्रबार बिहान ११ बजे एकआपसमा ठोकिँदा मोटरसाइकल चालक माण्डवी ५ तिग्राका अन्दाजी २६ वर्षिय गौतम कुँवरलाई टाउकोमा चोट लागि गम्भीर घाइते भएका छन ।
उनलाई उपचारको लागि बुटवल पठाइएको छ । मोटरसाइकलको पछाडि बस्ने माण्डवी ५ तिग्राकै १८ वर्षिय भिषण घर्तीको ढाडमा र दायाँ खुट्टामा चोट लागेको छ ।
उनको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ । दुवै सवारीसाधन र फोर्स गाडीका चालक इलाका प्रहरी कार्यलय बिजुवारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय प्युठानका सुचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो ।







