प्युठान,ऐरावती गाउँपालिका वडा नं २ बरौंलामा नि:शुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कालिका विकास केन्द्रको आयोजना र गाउँपालिकाको समन्वयमा पुरन्ठाँटी स्वास्थ्य चौकी बरौंलामा वडा अध्यक्ष भिमेस घर्ती मगर स्वास्थ्य शाखा उप प्रमुख सेर सिंह थापा कालिका विकास केन्द्रका बोर्ड सदस्य तुकमान कार्की संस्थाका कार्यकारी निर्देशन राजेन्द्रराज प्रसाद भण्डारी लगायत परियोजनाका कर्मचारी तथा स्थानीयहरूको उपस्थितिमा शिविर सम्पन्न गरिएको हो ।
शिविर साइकेट्रिक डाक्टर आभाष योगीले ४५ जना सेवाग्राहीलाई चेकजाँच गरि मनोपरामर्श तथा औषधि वितरण गर्नुभएको हो ।
यो शिविर गत वर्ष पनि सञ्चालन गरिएको थियो । बढ्दो मानसिक स्वास्थ्य समस्याको समयमै उपचार गरि मानसिक रोगबाट बच्न यो शिविरले महत्त्वपूर्ण सहयोग गरेको वडा अध्यक्ष भिमेस घर्ती बताउनुभयो ।








