प्युठान, प्युठानको ऐरावती गाउँपालिका वडा नं २ बरौंला बाट जन्ती लिएर खलंगा जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

लु ३ च ६८४७ नम्बरको स्कारपियो को अगाडिको टायर पन्चर भई ब्रेक फेल भएर दुर्घटना भएको हो । मल्लरानी गाउँपालिका ३ चौरपानीका ५२ बर्षिय दामोदर परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

गाडीमा सवार अन्यको जिल्ला अस्पतालमा उपचार भैरहेको  बताइएको छ ।