प्यूठान । ऐरावती गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ । 
१५ औँ गाउँ सभाबाट अध्यक्ष नबिल बिक्रम शाहले बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । अध्यक्ष शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिकाका भित्रका २ जनालाई निःशुल्क एमबिबिएस पढाउने, घरमै पुगेर सुत्केरी तथा नवजात शिशुको जाँच जस्ता कार्यक्रम प्राथमिकता राखेका छन् त्यस्तै पालिकाका पर्यटकी गन्तब्य स्थललाई बिकास गर्ने,एक घर एक धारा अभियान, सुरक्षित आवास लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समाबेश गरिएको छ ।








