प्युठान, कौडिण्य गोत्रिय आचार्य समाजको प्युठान जिल्ला स्तरीय समिति गठन गरिएको छ । समाज प्युठानको अध्यक्षमा नेत्र मणि आचार्य,उपाध्यक्षमा हरि प्रसाद आचार्य , सचिवमा हिमाल आचार्य र कोषाध्यक्ष भेषराज आचार्य सहित ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । 

कौडिण्य गोत्रिय आचार्य समाज राष्ट्रिय भेला आयोजक  समितिले विभिन्न जिल्लामा छरिएर रहेको कौडिण्य गोत्रिय आचार्यहरू लाई वंशावली जुटाउन,बन्धु लाई एकताबद्ध गराउन, छाता संगठन निर्माण गर्ने देश व्यापी अभियानका रूपमा यो अभियान चलाइएको राष्ट्रिय भेला आयोजक समितिका संयोजक पदम प्रसाद आचार्यले बताउनु भयो । अहिलेसम्म देशका १७ जिल्लामा जिल्ला स्तरीय समिति गठन गरिसकिएको र ७७ वटै जिल्लामा जिल्ला समिति गठन गर्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो । सबै जिल्लामा समिति गठन अभियान सम्पन्न भैसकेको पछि राष्ट्रिय सम्मेलन आयोजना गर्ने कौडिण्य गोत्रिय आचार्य समाज राष्ट्रिय भेला  आयोजक समितिका महासचिव धर्मराज आचार्यले बताउनु भयो । 

कौडिण्य गोत्रिय आचार्य समाज राष्ट्रिय भेला आयोजक समितिले २०७८ सालमा आचार्य वंशावली पुस्तक प्रकाशन गरिसकेको छ । उक्त वंशावली पुस्तकमा कौडिण्य गोत्रिय आचार्यहरूको इतिहास र वर्तमान अवस्था र विभिन्न पौराणिक बिषय समेटिएको छ ।