प्युठान, लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालय अन्तर्गत चेरनेटा,पुरन्ठाटि,जोगीटारी,सडकमा पर्ने ऐरावती ६ ऐटारी उकालोमा गरिएको आर.सि.सि ढलानका सरिया १ बर्ष नबित्दै बाहिर निस्किएका छन ।  बाटोमा गरिएको आर.सि.सि १६ लाख ८ हजार ७२६( भ्याट सहित) थर्ड फ्लोर कन्स्ट्रक्सन कम्पनी प्रा.लि काठमाडौं ३१ ले २०७९ जेठ २६ गते निर्माण कार्यसम्पन्न गरेको थियो ।