अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका स्थित एक गोठमा आगलागी हुँदा बस्तुभाउ जलेर नष्ट भएका छन् ।पाणिनि गाउँपालिकाको वडा नम्बर ३ ढाबका चिरञ्जीवी रास्कोटिको गोठमा आगलागी हुँदा गोठमा भएका सम्पूर्ण बस्तुभाउ जलेर नष्ट भएका हुन् । आइतबार राति करिब १ बजेको समयमा आगलागी भएको स्थानीयको भनाई छ । आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने ९ वटा बाख्रा, तीन वटा भैंसी लगायत गोठमा भएका सम्पूर्ण बस्तुभाउ समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक बिक्रम रिजालले जानकारी दिए । आगलागीबाट ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । गोठमा विद्युत तार सट भई आगलागी भएको थियो ।
अर्घाखाँचीको पाणिनिमा एक गोठमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

ऐरावती अपडेट
चैत्र ४ गते २०८०
2:32 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

यस्तो रहनेछ आजको मौसम
पौष २९ गते २०८२
सूचना प्रविधिको प्रयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती
पौष २२ गते २०८२
उमेर होइन, विचार र क्षमता नै उम्मेदवारको आधार हो : टेकराज के.सी.
पौष १६ गते २०८२
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनः ऐरावतीबाट एमाले, कांग्रेस र नेकपाका तीन नेता सिफारिस
पौष १४ गते २०८२
राजनीतिमा नयाँ पुस्ता: २६ वर्षीय प्रेमबहादुर प्युठानबाट प्रतिनिधि सभातर्फ सिफारिस
पौष १२ गते २०८२
दाङ्वाङ माविमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वित्तीय साक्षरता सम्पन्न
पौष ७ गते २०८२
लुम्बिनी लायन्सको 'च्याम्पियन्स ट्रफी सेलेब्रेशन टुर' विभिन्न जिल्लामा पुस ५ गतेदेखि १६ गतेसम्म
पौष ३ गते २०८२