प्युठान,असार १४ गतेहालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजामा प्युठान मल्लरानी गाउँपालिका वडा नं ४ चुँजाठाँटीमा रहेको भानुभक्त माविमा अध्ययनरत प्रज्वल पौडेलले उल्लेखनीय सफलता हासिल गरेका छन ।
उनलेे ३.९६ जि.पि.ए प्राप्त गर्दै प्युठान जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूबीच सबैभन्दा उच्च अंक प्राप्त गरि जिल्ला प्रथम बनेका छन ।
पौडेलको यस उत्कृष्ट नतिजाले विद्यालय मात्र नभई सम्पूर्ण जिल्लालाई गर्व गर्न लायक बनाएको छ। शिक्षा क्षेत्रमा समर्पित भानुभक्त माध्यमिक विद्यालयको निरन्तर प्रयास र विद्यार्थीको मेहनतको फलस्वरूप प्रज्वलले यस्तो उपलब्धि हासिल गरेका हुन्।
गतवर्ष १६% विद्यार्थी उत्तीर्ण भएकोमा यसवर्ष ७२% विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक चक्रपाणी पौडेलले जानकारी दिए ।








