- प्युठान, ऐरावती गाउँपालिका २ बरौंला बस्ने बसन्त जि.सी पहिलो प्रयास मै
माध्यमिक तहको अङ्ग्रेजी बिषयमा शिक्षक सेवा आयोगले लिएको खुल्ला प्रतिस्पर्धामा नाम निकालेर आफुले पहिले अध्ययन गरेकै बिधालय मोती मा.वि बरौंलामा अध्यापन गराउने अवसर पाएका छन । आफुलाई बालापनमा पढाउनु भएका गुरूहरू संग आफुले पढेकै बिधालयमा पढाउन पाउदा उनी निकै खुसी भएका छन । उनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुर काठमाडौं बाट अङ्ग्रेजी विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर र राजनीति शास्त्रमा पनि स्नातकोत्तर गरेका छन। उनले पढदै पढाउदै आफ्नो अध्ययन यात्रालाई अगाडि बढाएका हुन, जस्ले गर्दा उनलाई शिक्षण सिकाइ प्रक्रियामा अनुभव प्राप्त भयो । बसन्त भन्छन् “मईले पढाएका बिधार्थीहरूको नतिजा निराशाजनक आएको छैन”उनको गीत संगीतमा पनि राम्रै क्षमता छ । उनले अभिनय गरेका केही म्युजिक भिडियोहरू सार्वजनिक भैसकेका छन, उनलेे देशका विभिन्न ठाउँहरूमा बोर्डिङ,सरकारी बिधालयहरू र क्याम्पसहरूमा अध्यापन गराइसकेका छन । एक सामान्य किसान परिवारमा जन्मेर पनि उनको संघर्ष र परिवारको साथले उनी यो स्थानसम्म आएका हुन । उनका अनुसार ईच्छा शक्ति, मेहनत, धैर्यता, र निरन्तरता भयो भने जुनसुकै काममा पनि सफल हुन सकिन्छ । आफ्नो बिधालय र बिधार्थीहरूको शिक्षामा बिकास गर्न उनको तिब्र ईच्छा छ । उनी NELTA प्युठानको सह-सचिवमा छन् ।
पहिलो प्रयास मै मा.वि मा नाम निकालेर आफुले पढेको बिधालयमा पढाउदै बसन्त जि.सी (सफलताको कथा)







